स्वास्थ्य शिविर

स्वास्थ्य शिविर

परिचय

सस्थाले निशुल्क स्वास्थ्य शिविरका लागि चित्लाङ्ग स्वास्थ्य चौकि, आर.सि.सि रोटरि क्लब तथा अन्य सहयोग गर्ने सामाजिक सस्थाहरु संग समन्वयन गरि मकवानपुर जिल्ला अन्तर्गत चित्लाङ्गमा बिभिन्न रोग लगायत बृहत स्वास्थ्य शिविर मिति २०७३।०९।११ र १२ गते सन्चालन गरियो। शिविरको मुख्य उद्देश्य पिछडिएको तथा आर्थिक स्थिति नाजुक भै उपचार गर्न नसकेका समुदायमा उपचार सहयोग गर्नु रहेको थियो।

कार्यक्रमको लक्ष्य तथा उपलब्धी

शिविरको मुख्य लक्ष्य पिछडिएको तथा आर्थिक स्थिति नाजुक भै उपचार गर्न नसकेका समुदायमा उपचार सहयोग गर्नु रहेको थियो। यस कार्यक्रमले समुदायको धेरैलाई उपचार दिएको, अझै बाच्ने हौसला दिएको, आर्थिक अबस्थाको कारण घरमै थलिएर बसेको बेला राहात पाएको, आदि  जस्ता बिभिन्न कार्य गरियो।

कार्यक्रम विषयबस्तु

  • पिछडिएको तथा आर्थिक स्थिति नाजुक भै उपचार गर्न नसकेका समुदायमा उपचार सहयोग गनु,
  • महिलाहरुमा स्वास्थ सम्बन्धि जानकारी गराउने ।
  • स्वास्थ स्वास्थ भएमा घर परिवार पनि स्वास्थ रहने ।

प्रतिक्रिया

उपचार सहयोग प्रति आभार ब्यक्त गर्दै लाबान्भित स्थानिय बासिले संस्थालाई धन्यवाद ब्यक्त गरे। यस कार्यक्रमले हामी धेरैलाई पुनरजन्म दिएको, अझै बाच्ने हौसला दिएको, आर्थिक अबस्थाको कारण घरमै थलिएर बसेको बेला राहात पाएको, आदि  जस्ता प्रतिक्रिया पायौ।