ब्यक्तिव तथा नेतृत्व विकास तालिम

ब्यक्तिव तथा नेतृत्व विकास तालिम

परिचय

यूवा तथा महिला वर्गका लागि ब्यक्तित्व तथा नेतृत्व विकास तालिम जिल्ला विकास समितिको कार्यालय तथा सांसद कोष बाट काठमाण्डौंको तारामण्डल महिला सशक्तिकरण अभियान अन्तर्गत बत्तिस पुतलि वडा नंं. ९ मा गरिएको थियो । यस ब्यक्तित्व तथा नेतृत्व विकास तालिमले युवा तथा महिला वर्गका लागि विभिन्न आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा कसरी सफल नेत्रृत्व गर्न सकिन्छ भनेर पूर्ण रुपमा प्रशिक्षण दिइयो । 

कार्यक्रम संचालन

काठमाण्डौं जिल्ला विकास समितिको कार्यालय संग सम्झौता अनुसार ५० जाना महिला तथा युवा वर्गका लागि यस तारामण्डल महिला सशक्तिकरण अभियानले मिति २०७३ फाल्गुन २२ गते देखि २०७३ फाल्गनु २६ गते सम्म ब्यक्तित्व तथा नेतृत्व विकास तालिम संचालन गरिएको थियो । कार्यक्रमको विस्तृत जानकारी काठमाण्डौं जिल्ला विकास समितिको कार्यालय तथा वडा समितिको कार्यालयलाई गराईएको थियो । 

पर्चा पम्पलेट आदि बाट पूर्व प्रचारित कार्यक्रम अनुसार मिति २०७३ साल फाल्गनु १५ गते तालिमका लागि युवा तथा महिला वर्गलाई छनौट गरिएको थियो । छनौट कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमति कुन्ति देवि पोखरेल सहित संस्थापक सदस्यहरुको सहभागितामा ५० जाना युवा तथा महिलाहरुलाई छनौट गरिएको थियो । यस कार्यक्रममा शुरुको दिन देखिनै उत्साहजनक भएको थियो । युवाहरु केही गर्छोैउ भन्ने आत्मा विस्वास देख्दा तालिम मार्फत नेतृत्व गर्न सक्छौ भन्ने भावनाको विकास भएको थियो । 

तालिमको लक्ष्य तथा उपलब्धी

नेतृत्वलाई व्यक्तिको विशेष गुण र समुहको सम्पतिको रुपमा हेर्न सकिन्छ । जसले नेतृत्व लिन सक्छ इज्जत प्रतिष्ठा तथा उचाइ हासिल गर्न अरुलाई प्रभावित पर्न सक्छ । अथवा यस्तो क्षमता, गुण, विशेषता भएको अवस्थालाई नेतृत्व भन्न सकिन्छ ।

सफल नेतृत्व गर्न हामीसँग स्पष्ट लक्ष्य, आफुप्रति विश्वास, योजना र कार्यक्रम, आफ्नो कामप्रति रुची र दृढ संकल्प संगठनका सदस्यहरु र स्रोत साधनको विवेकपूर्ण परिचालन गर्ने क्षमताको जरुरी हुन्छ । समुह, सदस्य अथवा संस्थाको नेतृत्व हुन्छ । त्यसैले यो सामुहिक बल र अस्तित्वमा टिकेको हुन्छ । त्यसकारण लक्ष्य निर्धारण गर्दा आफ्नो क्षमता मनोबिज्ञान, संगठनका सदस्यहरु, उपलब्ध स्रोत साधन र दैनिक अन्तरक्रिया गरिरहनुपर्ने हुन्छ । समाजको सामाजिक, आर्थिक, राजनितिक, शैक्षिक तथा अन्य वातावरणीय पक्षहरुलाई समेत विवेकपूर्ण रुपमा विश्लेषण गर्दै रहनुपर्छ । नेतृत्वले लक्ष्य निर्धारण गर्दा समय परिस्थिति अथवा सत्यलाई सापेक्षतामा हेर्न र गतिशिलतामा बुझन सक्नुपर्दछ । र सोही अनुसार आफूलाई तयार पार्नु पर्दछ । एक्लै लहडमा निर्धारण गरिएको उच्च महत्वाकांक्षी नेतृत्व सफल हुनसक्दैन । 

अहिलेका यूवा वर्गमा नेतृत्व को विकास तथा  ब्यक्तित्व सम्बन्धी ज्ञानको अत्यावश्यक छ । सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रमा नेतृत्व समुह अथवा संगठन निर्माण गर्न नेतृत्व चाहिन्छ । त्यो संगठन सामुहीक लक्ष्य प्राप्त गर्ने हेतुले बनाइएको हुन्छ । 

अधिकार र सामाजिक न्यायउन्मुख समाजमा नेतृत्व गर्नु असाध्यै चुनौती पूर्ण काम हो । यसै सन्दर्भमा नेतृत्व कहिले कलाको रुपमा देखा पर्छ भने कहिले विवेक, ज्ञान, प्रक्रिया, तरीकाको रुपमा पनि देखा पर्छ । हाम्रा यूवाहरुकोलागी यती महत्व छ की प्रत्येक संगठनका सदस्यहरु उनीहरुको क्षमता, चरित्र, सोच जस्तो हुन्छ एकीकृत रुपमा त्यही सदस्य, त्यही वातावरण सोचबाट गुज्रीएर माथि उठेको नेतृत्व नितान्त बेग्लै र अनौठो प्रकृतीको हुन गाह्रो हुन्छ । त्यसैले नेतृत्व ब्यक्तिको जन्मजात, गुण, स्थानीय संस्कृति, वातावरण, राजनीति सामाजिक संरचना र ती संरचनाबीचको कार्यगत सम्बन्धका आधारमा प्रभावीत बनेको हुन्छ । 

तालिम विषयबस्तु

  • ब्यक्तिगत क्षमता  कसरी विकास गर्ने ?
  • भित्री मनोइच्छा र शक्ति
  • आत्मविश्वास
  • आर्थिक ब्यवस्थापन 
  • जनपरिचालन
  • उद्देश्य निर्धारण
  • आत्मनिर्णय गर्ने क्षमता 
  • आत्म मुल्याङ्कन
  • प्रतिस्पर्धी भावना 
  • अरुको नेतृत्व 
  • समुह निर्माण 
  • अधिकारको प्रयोग 
  • शक्ति हस्तान्तरण र कार्य विभाजन
  • नयाँ नेतृत्वको निर्माण 

प्रतिक्रिया

तालिमको समाप्ती पछि सम्पुर्ण उपस्थितहरुमा आत्मविश्वास बढेको र आर्थिक ब्यवस्थापन, उद्देश्य निर्धारण, आत्म मुल्याङ्कन, प्रतिस्पर्धी भावना, समुह निर्माण र कार्य विभाजन, आत्मनिर्णय गर्ने क्षमता, आदि जस्ता बिषयमा ज्ञान पाएको र यस्ता बिषयमा निर्णय गर्न सक्ने क्षमता बृदि भएको प्रतिक्रिया पायौ।