सामुदायिक सरसफाइ कार्यक्रम

सामुदायिक सरसफाइ कार्यक्रम

  परिचय

का.म.पा वडा नं. ९ को परानो बानेश्वर देखि सिनामङगल बिचको सडक सरसफाई गरि समुदायमा सरसफ् सम्बन्धि जनचेतना प्रबाह गर्दै मिति २०७३।०४।२९ मा सामूदायिक सरसफाइ कार्यक्रम सन्चालन गरियो। यस कार्यक्रमको मुखिय उद्देश्य हामी हरेक कुरामा सरकार र सरकारि निकायको मात्र मुख ताक्छौ र आफुले भनेको कुरा नभएमा गाली गर्न अघि बडछौ तर हामी असल नागरिकको भुमिका त्यो नभै आफुले  सकेको र आफ्नो क्षेत्रबाट जागरुक भै समृद्ध नेपाल अभियानमा सहयोग गरौ भनि ब्यबहारमा देखाउनु र चेतना अभिबृदि गराउनु।

कार्यक्रम संचालन

स्थानिय बासि तथा स्थानिय बिभिन्न सामाजिक संघसंस्थाहरु सङ्ग समन्वयन गरि मिति २०७३।०४।२९ गते ९० जना स्वांसेवक र केहि स्थानियबासिका साथ कार्यक्रम सन्चालन गरियो।

कार्यक्रमको लक्ष्य तथा उपलब्धी

हामी हरेक कुरामा सरकार र सरकारी निकायको मात्र मुख ताक्छौ र आफ्mुले भनेको कुरा नभएको खण्डमा गालि गर्न अघि बढ्छौ, तर असल नागरिकको भुमिका त्यो नभै आफुले सकेको र आफ्नो आफ्नो क्षेत्रबाट जागरुक भै सहयोग गरी समृद्ध नेपाल अभियानमा सहयोग गर्नु हो, भनि ब्यबहारिक चेतना दिनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो। कार्यक्रमको समापन पछि हरेक उपस्थित मानिसमा सकारात्मक परिर्वतन पायौ। 

कार्यक्रम विषयबस्तु

  • समुदाय सरसफाईमा जनसहभागिता
  • देश र देश बिकासमा टेवा
  • समुदायिक एकता 
  • सरसफाई चेतना
  • जिम्मेवार नागरिक र भुमिका

प्रतिक्रिया

कार्यक्रमको समापन पछि हरेक उपस्थित मानिसमा सकारात्मक परिर्वतन पायौ, हामी हाम्रो समुदायमात्र सफार सुन्दर बनाउने हो भने सम्पुर्ण देश नै सफा सुन्दर हुने रहेछ भन्ने भावना ब्यक्त भएको पायौ।