महिला तथा यूबा उद्यमशिलता तालिम

महिला तथा यूबा उद्यमशिलता तालिम

परिचय

महिला तथा यूबा उद्यमशिलता तालिम यस सस्थाल काठमाण्डौं जिल्ला विकास समितिको कार्यालय संग समन्वायन गरि सन्चालन गरेको हो। महिला सशक्तिकरणको पहिलो उद्देश्य भनेकै महिलाहरुको परनिर्भरता अन्त्य गर्ने हो । परनिर्भरता अन्त्य गर्न आत्मनिर्भर बन्नु जरुरी छ । महिलाहरुको सर्बोपरि बिकासलाई ध्यानमा राख्दै यस संस्थाले महिलाहरुको ब्यबसायिक शिपमूलक तालिम तथा दक्षता अभिबृद्धि गर्ने योजना अघि सारेको छ । बिभिन्न शिपमूलक तालिमका माध्यमले महिलाहरु बिस्तारै ब्यबसायिक बन्दै आत्मनिर्भरता तर्फ उन्मुख हुनेछन भन्ने सस्थाको बुझाई छ। सिकेको सिपलाई बजारिकरण गर्दै समुन्नती तर्फ लम्कनेछन, पितृसतात्मक समाजको चौघेरालाई बिस्तारै नाघ्नेछन र तालिमलाइ पुर्णता दिदै समाजमा केही हद सम्म आफ्नो ब्यबसायिक चिनारी बनाउनेछन ।

कार्यक्रम संचालन र प्रकृया

काठमाण्डौं जिल्ला विकास समितिको कार्यालयसँग भएको सम्झौता अनुसार १५ जना महिलाहरुलाई यस तारामण्डल महिला सशक्तिकरण अभियानले १५ जना महिलाहरुलाई मिति २०७३ कात्तिक २ गते देखि २०७३ कात्तिक ९ गते सम्म सिपमूलक मखमलको जुत्ता बनाउने तालिम संचालन गरिएको थियो । कार्यक्रमको विस्तृत जानकारी काठमाण्डौं जिल्ला विकास समितिको कार्यालय तथा वडा समितिको कार्यालयलाई गराइएको थियो ।

पर्चा पम्पलेट आदिबाट पूर्व प्रचारित कार्यक्रम अनुसार मिति २०७३ साल कात्तिक १ गते तालिमको लागि महिलाहरुको छनौट गरिएको थियो । छनौट कार्यक्रममा संस्थापकी अध्यक्ष श्रीमती कुन्ती देवी पोख्रेल सहित संस्थापक सदस्यहरुको सहभागितामा १७ जना महिलाहरु लाई छनौट गरिएको थियो ।

मिति २०७३ साल कात्तिक २ गते बत्तिसपुतलीमा सञ्चालन गरिएको मखमलको जुत्ता बनाउने तालिम सुरुको दिन देखि नै उत्साहजनक भएको थियो । महिलाहरु केही गर्छो भन्ने आत्मविश्वास देख्दा तालिम मार्फत आर्थिक आत्मनिर्भरता हुन्छ भन्नेमा हामी गर्भ गछौं ।

तालिमको लक्ष्य तथा उपलब्धी

समाजमा निश्क्रिय रहेका महिलाहरुलाई शिपमूलक तालिका माध्यमले हातमा शिप र आत्मबिश्वासको बिकास भएको पायौ र जसका कारणले उनीहरुको सामाजिक स्तरोउन्नती तथा आर्थिक बिकासमा सहयोग गर्नेछ । यो तालिम प्राप्त गरिसकेपछि स्थानीय महिलाहरुले आफ्नै सानो घरेलु उद्योग संचालन गरि अन्य बेरोजगार महिलाहरुलाई पनि रोजगारी सिर्जना हुनेछ । यसबाट समाजिक परिबर्तनको पहिलो खुडकीलो आर्थिक परनिर्भरता कम हुनेछ । हातमा थोरै भएपनि पैसा पर्ने हो भने समाजमा बिद्यमान बिबिध महिला बिरुद्धका घटनाक्रमहरु पनि बिस्तारै कम हुदै जाने छ र परिवार, समाज र देश समृद्द उन्मुख हुनेछ।

समाजमा रहेका आर्थिक रुपमा परनिर्भर रहनु पर्ने महिलाहरुलाई राज्यले प्रमुख खेलेर निशुल्क तालिमको व्यवस्था मिलान उनीहरुलाई आर्थिक रुपमा सशक्त बनाउने कार्यक्रमको उदेश्य रहेको थियो । जस अनुसार बत्तिसपुतली लगायत काठमाण्डौंको विभिन्न स्थानमा बसोबास गरेका महिलाहरु आभान्वीत भएका थिए ।

पर निर्भर रहेका गरिव महिलाहरुलाई यस तालिमले शसक्त रुपमा भुमीका खेलेको थियो । महिलाहरुले यस उधमशीलता तालिम बाट विभिन्न मखमलको जुत्ता बनाउन जानेका छन् र उनीहरुले आफ्नै व्यवसाय संचालन गर्नका लागी प्रयास पनि गरेका छन् । १५ जना महिलाहरुले यस तालिमबाट सशक्त रुपमा व्यवसाय सञ्चालन गर्न सक्ने भएका छन् ।

तालिम विषयबस्तु

  • हातमा शिप र आत्मबिश्वासको बिकास
  • स्थानीय महिलाहरुलाई आफ्नै सानो घरेलु उद्योग संचालन गर्न सहयोग
  • महिलाहरुको परनिर्भरता अन्त्य हुनुमा सहयोग
  • महिलाहरुलाई रोजगारीको सिर्जना
  • आर्थिक ब्यवस्थापन 
  • आत्मविश्वास
  • बेरोजगार तथा सामाजिक महिला बिरुद्दको घटनामा कमि

प्रतिक्रिया

तालिमको समाप्ती पछि सम्पुर्ण महिलाहरु केही गरि ब्यबसायिक बन्न उत्साहित भएको र परिवारलाई आर्थिक सहयोग गरि सबल  र समृृद्द बनाउन सक्ने आत्मा बल बढेको  प्रतिक्रिया पायौ।