तारा मण्डल संस्थाको परिचय

समाजमा सामाजिक बिभेदहरुको अन्त्य गरी समतामुलक समाजको निर्माण गर्नै पबित्र उद्धेश्यका साथ समाजमा रहे भएका उत्पिडन, यातना, अशिक्षा, गरिबी र परम्परागत सस्कार बिरुद्ध चेतना छर्न आबश्यकपर्ने शैक्षिक, आर्थिक, कानूनी र स्वास्थ्यका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ महिलाहरुलाई सामाजिक रुपमा सबल र सक्षम बनाई स्वयम उनिहरुको सशक्तिकरणका लागि अघि बढाउदै आफ्नो समाजको नागरिकहरुका लागि स्वतन्त्र बैयक्तिक अधिकार र मानवअधिकारको रक्षा गर्दै नेतृत्व बिकास र जनजिबिकाको सवाल देखि आधारभुत स्वास्थ्य, शिक्षा, सुरक्षा, सरसफाई, तथा दैबि प्रकोपबाट प्रभाबित बनेका नेपालीहरुका निमित्त आधारभुत बिकासका लागि काम गर्ने मनसायले यो तारा मण्डल शसक्ति अभियान नामक संस्था, संस्था दर्ता ऐन, २०३४ को अधिनमा रहि जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा मिति २०७२ साल फाल्गुण १२ मा बिधिबत रुपमा दर्ता भएको गैर नाफामुखि गैरसरकारी संस्था हो ।


संस्थाको लक्ष्य

संस्थाको उद्देश्य अनुरुप कार्यगर्नु पहिलो लक्ष्य रहनेछ । सामाजिक हितलाई मध्यनजर गर्दै समाजमा भएका र हुने गरेका असमानताका बिबिध घटनाहरु न्युनिकरण गर्ने लक्ष्य रहनेछ ।


Mission

Serving as milestone for the equality and social well-being.


संस्थाको उद्देश्यहरु

  • आफ्नो समाज क्षेत्र र मूलूकको सामाजिक, सास्कृतिक, शैक्षिक र सशक्तिकरणका लागि सिपमूलक तथा चेतनामूलक तालिम सन्चालन गर्ने।.
  • स्थानिय तथा ग्रामिण बिकासका खानेपानी, ढल, स्वास्थ्य, शिक्षा, बाटोघाटो, पूलपूलेसा सरसफाइ तथा बृक्षारोपण लगायत सापेक्षित गतिबिधिहरु संचालन गर्ने।
  • लैंगिक समानता तथा कानूनी अधिकारका विषयमा जनचेतना अभिबृदि गर्नूका साथै सामाजिक न्यायका क्षेत्रमा काम गर्ने।
  • प्राकृतिक स्रोत र साधनहरुको ब्यबस्था गर्दै भूकम्प पिडितहरुलाई सहयोग तथा पूननिर्माणमा सहयोग गर्ने।

संस्थाको योजनाहरु

Organization Carrying a Nobel aim to eradicate the social discrimination and build equity and bring awareness on social violence, illiteracy, health, poverty and wrong cultural upbringings and work on the empowerment of educational, financial, and health sectors and also aims to protect the freedom and human right of health, education, security, sanitation as well as working on infrastructural development of victims of natural calamities. Organizations corporate plans are as follows:

  • ३ र्बष भित्र देशको ७५ वटै जिल्लामा साखा बिस्तार गरि ग्रामिण भेगका महिला तथा यूबाहरुमा उद्यमशिलता उन्मूख कार्यक्रम संचालन गर्ने।
  • पिछडिएका क्षेत्रहरुमा महिला तथा बालबालिकाहरुका लागि निसुल्क स्वास्थ्य शिबिर संचालन गर्ने।
  • ग्रामिण भेगका महिलाहरुलाई आधारभूत तथा प्राथमिक शिक्षा आर्जन र गुणस्तर अभिबृदि सम्बन्धि कार्यक्रम गर्ने।
  • तथा बिधान अनूसार अन्य कार्यक्रम संचालन गर्ने।